एकातिर धनुषामा वर्षीको भोजको रमाइलो, अर्कोतिर भोज खान आएका तीन बालक पोखरीमा डुबे

एकातिर धनुषामा वर्षीको भोजको रमाइलो, अर्कोतिर भोज खान आएका तीन बालक पोखरीमा डुबे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० भाद्र २०८१
  • 3.1K
    Shares

पोखरा,२० भदौ २०८१ ।

धनुषामा सबै जना वर्षीको भोजको रमाइलो गरिरहेका बेला बुधबार साँझ साढे ७ बेजेतिर तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ लक्ष्मीनियास्थित महावीर साहको घरमा वर्षीको भोजको रमाइलो चलिरहेका बेला एकै घरका तीन जना बालकको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको हो।

पोखरीमा डुबेर मृत्यु भएका बालाकहरुमा १४ वर्षीय सुशान्त साह, ९ वर्षीय आयुश साह र १० वर्षीय आदित्यकुमार साह रहेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानाकारी दिए। उनीहरु हजुरबुवा महावीर साहको घरमा भोज खान आएका थिए। उनीहरु महावीर साहका तीन छोरीका जेठा छोराहरू रहेको प्रहरीले जानकारी दिएको छ।

सबै भोजमा व्यस्त रहेका बेला बच्चाहरू पोखरीमा पौडी खेल्न जाँदा डुबेको वडाध्यक्ष गंगा साहले बताए।

तीनैजना बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार