पोखरामा कार पार्किङ गर्ने क्रममा कार सेती खोंचमा खस्यो : दुई जनाको उद्धार

पोखरामा कार पार्किङ गर्ने क्रममा कार सेती खोंचमा खस्यो : दुई जनाको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० भाद्र २०८१
  • 41.2K
    Shares

पोखरामा कार पार्किंग गर्ने क्रममा सेती नदी खोंचमा खस्दा दुई जना अघिते भएका छन्।

पोखरा ११ स्थित मेडिपल्स हस्पिटल पछाडि बुधबार साँझ ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती नदी खोँचमा खस्दा दुई जना घाइते भएका हुन्।

उक्त कारसँगै सेती खोँचमा खसेका कार धनी पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय छोरी सितल आचार्य घाइते भएका र उनीहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कार पार्किङ स्थलबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार