पर्वतमा एम्बुलेन्स र बस ठोक्किए : एम्बुलेन्सका चार जना घाइते

पर्वतमा एम्बुलेन्स र बस ठोक्किए : एम्बुलेन्सका चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ भाद्र २०८१
  • 9.2K
    Shares

पोखरा,१९ भदौ २०८१ ।

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स यात्रुबाहक बसमा ठोक्किदा चार जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स र पोखरादेखि बागलुङ जाँदै गरेको बा ०६००१०३०९ नम्बरको यात्रुवाहक बस कुश्मा नगरपालिका- ४ अर्मादी मोडमा ठोकिँदा एम्बुलेन्समा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

एम्बुलेन्समा सवार चार जनामध्ये ४५ वर्षीय भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए । उनलाई उपचारका लागि पोखरामा पठाइएको डीएसपी भुसालले बताए । अन्य सामान्य घाइते तीन जनाको पर्वतमै उपचार भैरहेको छ । बस, चालक र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको भुसालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार