पोखरा,१९ भदौ २०८१ ।
नेपालको कञ्चनपुरसँग सीमाना जोडिएको भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै एक युवकको शव फेला परेको छ।
मेलौली नगरपालिका-३ घर भएका ३४ वर्षीय नरेश चन्दको शव मंगलबार दिउँसो भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै भेटिएको हो ।
२/३ दिन अगाडिमात्रै ‘भारत जान्छु’ भन्दै महेन्द्रनगर आएका चन्द भारतीय भूमि गड्डाचौकी नजिक मृत भेटिएको खबर भारतीय प्रहरीले आफूहरुलाई दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताए।
भारतीय प्रहरीले उनका आफन्तलाई बोलाएर घटनाको अनुसन्धान थालेको छ।