स्याङ्जामा चोरी गरेर भागेका भारतीय बीरगञ्च बसपार्कबाट समातिए

स्याङ्जामा चोरी गरेर भागेका भारतीय बीरगञ्च बसपार्कबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ भाद्र २०८१
  • 6.5K
    Shares

स्याङ्जामा चोरी गरेर भागेका एक जना भारतीयलाई प्रहरीले समातेको छ ।

जिल्लाको हरिनास गाउँपालिका २ पुछौदी बस्ने ५० वर्षीय बाकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरेर भागेका भारतीय नागरिक भारतको बिहार राज्य जिल्ला बेतियाग्राम पंन्चायत ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महतोलाई प्रहरीले समातेको हो।

अभियुक्त महतोलाई शनिबार पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हातभित्रबाट चोरीका समानहरुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको बताएको छ ।

महतोलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ल्याई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दा गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार