बाजुरामा कुमारी बैंक र एक सहकारी संस्थामा चोरी

बाजुरामा कुमारी बैंक र एक सहकारी संस्थामा चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ भाद्र २०८१
  • 3.9K
    Shares

पोखरा,१६ भदौ २०८१ ।

बाजुरामा कुमारी बैंक र एक सहकारी संस्थामा चोरी भएको छ। जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालय र सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको हो।

शुक्रबार राती आएको एक व्यक्तिले राति २ बजे कुमारी बैंकको मुलढोका फोडेर भित्र प्रवेश गरेर एउटा कम्प्युटर चोरी गरेको सिसिटिभी फुटेजमा देखिएकोप्रहरीले जानकारी दिएको छ। उक्त बैंकमा एक जना मात्र सुरक्षा गार्ड रहेको र ती सुरक्षा गार्डको ड्युटी समय रातको आठ बजेसम्म रहेको बैंक प्रशासनले प्रहरीलाई दिएको छ। सुरक्षा गार्ड घर गएपछि रातको समयमा उक्त बैंकमा चोरी भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी सोही राती गौमुल गाउँपालिका ६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ। बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ । अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार