११ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका दास गोर्खा जिल्ला कारागार चलान

११ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका दास गोर्खा जिल्ला कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ भाद्र २०८१
  • 5.9K
    Shares

नाबालिका वलात्कार आरोप लागेका दिपेन्द्र दास

पोखरा,१६ भदौ २०८१ ।

११ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका युवा गोर्खा जिल्ला कारागार चलान भएका छन्। रौतहट जिल्ला बृन्दावन नगरपालिका–५ घर भई मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका–४ बस्ने बर्ष २१ को दिपेन्द्र दास तत्मा गोर्खा जिल्ला कारागार चलान भएका हुन्।

११ वाढ़सीया बालिका बलात्कार लागेको आरोप लागेका दिपेन्द्र दास गोरखा जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

अभियुक्त दासले ११ बर्षिया बालिकालाई ललाई फकाई गोरखा सदरमुकाम ल्याई संगै राखेर गएको साउन सात गतेदेखि १८ गतेसम्म पटक – पटक बलात्कार गरेको आरोप प्रहरीले लगाएको थियो।

प्रहरीका अनुसार , नाबालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दासबिरुद्ध साउन २१ गते जाहेरी दिएपछि उक्त जाहेरीको सुचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाले साउन २२ गते पक्राउ गरेको थियो। पक्राउ परेका दासबिरुद्ध गोरखा जिल्ला अदालतबाट जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धान थालिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भाद्र १४ गते शुक्रबार गोरखा जिल्ला अदालत गोरखामा पेश हुँदा अदालतको आदेशले प्रतिवादी तत्मालाई पुर्पक्षको लागि गोरखा कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार