पोखरा,१६ भदौ २०८१ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
मुग्निलबाट नारायणगढतर्फ गइरहेको ग २ ख ११०८ नम्बरको आएसर ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आज बिहान ठोक्किएका हुन्।
दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।