धनुषामा आयल निगमका एक कर्मचारीद्वारा अर्का कर्मचारीको हत्या

धनुषामा आयल निगमका एक कर्मचारीद्वारा अर्का कर्मचारीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ भाद्र २०८१
  • 3.6K
    Shares

पोखरा,१५ भदौ २०८१ ।

धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको आज विहान हत्या भएको छ। सोही डिपोमा कार्यरत अर्का कर्मचारी प्रकाश यादवले उनको हत्या गरेका हुन्।

वर्मा सिरहा नगरपालिका–३, मखनाहा निवासी हुन् भने यादब धनुषाको सबैला नगरपालिका १० का बासिन्दा हुन्।

बिगत ४ वर्षदेखि निगमको महेन्द्रनगरस्थित डिपोमा करारमा काम गर्दै आएका बर्मालाई यादबले बेल्चाले हानेर हत्या गरेका प्रहरीले जानकारी दिएको छ।

सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको र सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीले बर्माको हत्या गरेको आरोपमा यादबलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा आझाणाआईएखो छ।

प्रतिक्रिया
सम्बन्धित समाचार