पोखरा,१४ भदौ २०८१ ।
नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पवन नेपाल जेल चलान भएका छन्।
विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाएको आरोपमा पक्राउ परेका नेता नेपाल कास्की जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्। उनलाई कास्की जिल्ला कारागार चाला गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
सोहि आरोपमा पक्राउ परेका उनका पार्टनर मुक्तिनाथ सपिङ सेन्टर संचालक स्याङ्जाको आधिखोला गाउँपालिका वडा नं.६ स्थायी घर भई हाल पोखरा १७ ड्यामसाईड बस्ने वर्ष ३६ का सुजन गहतराज पनि अदालतको आदेश बमोजिम कास्की जिल्ला कारागार चलान भएका प्राप्त जानकारीमा उल्लेख छ।
उनीहरुले विमाको रकम दावी गर्न आफूहरुले पोखरा ६ नारेश्वरमामा संचालन गरेको मुक्तिनाथ सपिङ सेन्टरमा गएको सुन १६ गते राती १:४५ बजेको समयमा आगजनी गरेको प्रहरीको दाबी छ।
उनीहरुबिरुद्ध प्रहरीले आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरे पश्चात जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत आज कास्की जिल्ला अदालतमा पेश गरेको थियो।