मुना पाण्डेको हत्या आरोपी शाहले प्रहरी समक्ष दिए यस्तो बयान : शाहविरुद्ध दर्ता भए यस्ता मुद्दा

मुना पाण्डेको हत्या आरोपी शाहले प्रहरी समक्ष दिए यस्तो बयान : शाहविरुद्ध दर्ता भए यस्ता मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ भाद्र २०८१
  • 13K
    Shares

पोखरा,१४ भदौ २०८१ ।

नेपाली बिद्यार्थी मुना पाण्डेको गोली हानि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका बबिसिंह शाहले आफुले लुटपाट गर्न गोली हानेको प्रहरी समक्ष बयान दिएका छन्।

अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका शाहले प्रहरी समक्ष त्यस्तो बयान दिएका हुन्।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो । सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । त्यस्तै बबी सिंहविरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको थियो । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको थियो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार