हेटौडाको होटलमा संगै बास बसेकी केटीको हत्या गरेर युवा झ्यालबाट फरार

हेटौडाको होटलमा संगै बास बसेकी केटीको हत्या गरेर युवा झ्यालबाट फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० भाद्र २०८१
  • 14.1K
    Shares

पोखरा,१० भदौ २०८१ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० स्थित बसपार्कमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छिन् । मृत अवस्थामा फेला परेकी युवती हेटौँडा ११ की अन्दाजी २४ वर्षीय एलिसा न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त महिला एक पुरुषसँग आइतबार हेटौडा १० स्थित होटलमा बसेको र बिहान अबेरसम्म कोठा नखुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालन,जनप्रतिनिधि सहितले हेर्दा युवती ओछ्यानमा मृत अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेकोले सँगै आएका युवकले न्यौपानेको हत्या गरेर झ्यालबाट बाहिर निस्किएको प्रहरीले आशंका गरेको छ । युवतीसँगै होटल गएका पुरुष आइतबार राति नै निस्किएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको भने मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार