पोखरा,१० भदौ २०८१ ।
काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउसका सञ्चालकको हत्या भएको छ।
काठमाडौँ महानगरपालिका- १० शंखमुलमा संचालित ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक रुपक बान्तवाको गएराती हत्या भएको हो।
वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको र उपचारका लागि सिभिल अस्पताल लगिएपनि ज्यान जोगाउन नसकिएको काठमाडौै उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।
बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनको हत्या कसले र किन गर्यो खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।