पोखरा,१० भदौ २०८१ ।
पाल्पामा गएराती भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
रानीमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमा दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको भएको हो ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक पाठकलाई उद्धार गरी उपचारार्थ पाल्पा मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।