पोखरा,९ भदौ २०८१ ।
महोत्तरीमा एक जना वडाध्यक्ष मृत भेटिएका छन्। जिल्लाको रामगोपालपुर-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् ।
वडाध्यक्ष मुकेशकुमार यादव जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए। यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।