पोखरा,९ भदौ २०८१ ।
सुख्खा पहिरो गएपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक एकतर्फी सञ्चालन भएको छ। शनिबार दिउँसो सिद्धबाबा मन्दिर क्षेत्र नजिक पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।
सडक माथिबाट ठूला ठूला ढुंगा सहितको पहिरो खसेको थियो। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गअन्तर्गत दुवै सुरुङको बीच भागमा पहिरो गएको दोभान प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक एकतर्फी खुलेको हो। सुरुङ मार्ग बनाइरहेको ठेकेदार कम्पनीले पहिरो पूर्ण रुपमा हटाउने काम गरिरहेको छ।