इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका भुटानी शरणार्थी चार दिनपछि चुरोट तान्दै गरेको अवस्थामा फेरि समातिए

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका भुटानी शरणार्थी चार दिनपछि चुरोट तान्दै गरेको अवस्थामा फेरि समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ भाद्र २०८१
  • 3.3K
    Shares

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका थुनुवा बिशाल राई फेरि पक्राउ

पोखरा,८ भदौ २०८१ ।

झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका भुटानी शरणार्थी चार दिनपछि पक्राउ परेका छन्।

दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री स्थायी बसोबास भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राईलाई प्रहरीले चार दिनपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार , उनी भदौ ५ गते एकाविहानै बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट भागेका थिए। पेट दुखेको वहाना बनाएपछि ४ भदौमा राईलाई अस्पताल भर्ना गरिएको थियो।

सुरक्षामा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई धक्का दिएर लडाई भागेका राई शनिबार बिहान करिव ११ बजे अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाईकल भित्र वसेर चुरोट तान्दै बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। राई फारार भए पछि हवल्दार राई निलम्बनमा छन्।

विशाललाई लागूऔषध ओसार पसारको कसुरमा गत २ भदौमा बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डबाट पक्राउ गरिएको थियो। उनको साथबाट १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद लिएर अनुशन्धान गरिरहेका बेला उनी फरार भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार