रुपन्देहीमा तिजको दर खाएका १८ जना दिदीबहिनी बिरामी

रुपन्देहीमा तिजको दर खाएका १८ जना दिदीबहिनी बिरामी

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ भाद्र २०८१
  • 8.3K
    Shares

तिजको दर खाएका देवदहका १८ जना बिरामी

पोखरा,८ भदौ २०८१ ।

रुपन्देहीमा तिजको दर खाएका १८ जना बिरामी भएका छन् ।

जिल्लाको देवदह – ६ मा तिजको दर खाएका १८ जना बिरामी भएका हुन् । देवदह ६ स्थित साहरा आमा समुहले भदौ ६ गते आयोजना गरेको दर खुवाउने कार्यक्रममा दर खाएका दिदीबहिनीहरु बिरामी परेको देवदह अनिता मेडिकल हल खैरनीका डा. छविलाल गिरिले जानकारी दिए। उनीहरु सबैको देवदह अनिता मेडिकल हल खैरेनीमा उपचार भैरहेको बताइएको छ।

दर खाने क्रममा उनीहरु अधिकांशलाई खानामा देखिएको विषाक्तपन (food poisoning) भएको डा.
गिरीले बताए। डा. छविलाल गिरिका अनुसार सबै बिरामीमा १०२,१०३र १०४ डिग्री सम्म ज्वरो पनि आएको थियो । उनीहरुको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

रुपन्देहीमा तीजको दर खाँदा बिरामी परेपछिउ उपचार हुँदै 

प्रतिक्रिया
सम्बन्धित समाचार