पोखरा,८ भदौ २०८१ ।
भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ।
बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत उनीहरुको मृत्यु भएको हो।
उक्त पहिरोमा परेर माडी २ सितलपुरका तुलबहादुर दमै, माडी १, भङ्गताका कृष्णबहादुर परियार र माडी ५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।