पोखरा,७ भदौ २०८१ ।
पोखरा सिर्जनाचोकमा रहेको धौलागिरी दोहोरी साँझका म्यानेजर सुशान गुरुङको स्कुटर दुर्घटनामा मृत्यु भएको छ।
गुरुङले चलाएको ग २१ प ५४५० नम्बरको स्कुटर आज बिहान चार बजे सिर्जनाचोक्स्थित आकाशे पुलको पोलमा ठोक्किँदा उनको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नजिकैको मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उ [ अचाराकी क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर भानु शर्माले जानकारी दिए। पर्वतको पैयु गाउँपालिका वडा नम्बर ७ हिलेका स्थायी बासी उनी पोखरामा रहँदै आएका थिए ।
यता, पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंले गुरुङको निधनमा शोक व्यक्त गरेको छ । संघले आज भदौ ७ गते पोखरामा रहेका सम्पूर्ण दोहोरी सॉझहरु बन्द गरिदिन आग्रह पनि गरेको छ ।