दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले गरे आत्महत्या

दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ भाद्र २०८१
  • 9.1K
    Shares

पोखरा,७ भदौ २०८१ ।

बीएण्डसी हस्पिटलका संस्थापक तथा मेडिकल ब्यबसायी दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

झापाको अर्जुनधारा ६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर आज बिहान आत्महत्या गरेका हुन् ।

करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाई र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।

शुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए । पछि दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।-खबरखेतीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार