पोखरा,५ भदौ २०८१ ।
पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक युवा घाइते भएका छन्। पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनमा बस्दै आएका २१ वर्षीय भिम बहादुर सारु घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका सारुको पोखराको मेट्रोसिटि अस्पतालामा उपचार पछी थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाईएको वडा प्रहरी कार्यालय बैदामाले जानकारी दिएको छ। उनको दाहिने खुट्टाको कम्मरको भागमा चोट रहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।
त्यस दुर्घटनामा सारु सवार ग १२ प ९८५० नम्बरको मोटसाइकल ग१ख ४३७२ नम्बरको नगरबसमुनि पुगेको थियो भने सारुलाई अर्को बस मुनि पल्टिएको अवस्थामा उद्धार गरिएको प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानाकारी दिए।
सारुलाई दुई वटा बसमध्ये कुन बसले ठक्कर दिएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको डिएसपी निरौलाले बताए।