पोखरा,५ भदौ २०८१ ।
रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने अर्की एक किशोरी घाइते छिन् ।
आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो । पहिरोमा परी रोल्पा नगरपालिका-१० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो ।
पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका– ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् । चर्चामा १० जना बस्दै आएको भएपनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।