प्रकृति मानव केन्द्रित जनअभियान गण्डकीको अध्यक्षमा नियात्राकार एबम कलाकार पुर्जा चयन

प्रकृति मानव केन्द्रित जनअभियान गण्डकीको अध्यक्षमा नियात्राकार एबम कलाकार पुर्जा चयन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ भाद्र २०८१
  • 7.8K
    Shares

पोखरा, २ भदौ २०८१ ।

प्रकृति मानव केन्द्रित जनअभियान गण्डकीको अध्यक्षमा नियात्राकार एबम कलाकार कास्कीका तिलक पुन पूर्जा चयन भएका छन्।

जनअभियानको शनिबार पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेश स्तरीय भेलाले पूर्जाको अध्यक्षतामा १७ सदस्सीय नयाँ प्रदेश समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष बिष्णु लामिछाने(पर्वत), सचिव आरके अदिप्त गिरी (पर्वत) र कोषाध्यक्ष मनरुपा थापा (स्याङ्जा) रहेका छन्। सो समितिको सदस्यहरुमा अनुप प्रकाश पौडेल, ठाकुर गिरी, भवराज शर्मा, ममता गुरुङ,बलराम सिग्देल, कमला श्रेष्ठ, कृष्ण प्रसाद बस्याल, पदमदकिरण राणा, शिव बहादुर बराल, श्याम राना,राजेन्द्र राना, विदुर खरेल र लोक प्रसाद भुर्तेल रहेको अध्यक्ष पुनले जानकारी दिएका छन्।

जनअभियानको पूर्व केन्द्रीय अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा उत्तम कडेलले अभियानको औचित्यताको वारेमा आफ्नो धारणा राखेका थिए । बिन्दु राज सापकोटाले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रम संचालन तिलक पुन पुर्जाले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार