पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० साउन २०८१
  • 7.9K
    Shares

पोखरा, ३० साउन २०८१ ।
पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ्ग बसपार्कबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने नक्कली सिआइडीहरुमा पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहर्फी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्तहरुले गत आइतबार दिउँसो साढे तीन बजेको समयमा बागलुङ्ग बसपार्कमा आफूहरु सादा पोशाकका खटिएको सिआइडी प्रहरी भएको दाबी गर्दै सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको खानतलासी तथा चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ।

अभियुक्तहरुबिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थय, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार