गुल्मीमा जंगली च्याउ खाएर एकै घरका आठ जना बिरामी परे

गुल्मीमा जंगली च्याउ खाएर एकै घरका आठ जना बिरामी परे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ साउन २०८१
  • 2.8K
    Shares

पोखरा, २९ साउन २०८१।

गुल्मीमा जंगली च्याउ खाएर एकै घरका आठ जना बिरामी परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा रेसुङ्गा सामुदायिक बनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खाँदा एकै घरका आठ जना बिरामी घाइते भएका छन्।

जङगली च्याउ खाँदा ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको प्रहरीले जानकारी दिएको छ।

बिरामी परेका आठै जनालाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार