ससुरालाई कुटेर मारेको आरोपमा वीरगञ्जबाट ज्वाईं पक्राउ

ससुरालाई कुटेर मारेको आरोपमा वीरगञ्जबाट ज्वाईं पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ साउन २०८१
  • 2.7K
    Shares

ससुराको हत्या गरेको आरोप लागेका सिताराम सर्राफ

पोखरा, २८ साउन २०८१।

ससुरालाई कुटेर मारेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन्। ससुरा वीरगञ्ज महानगरपालिका ७ रामटोलका ६५ वर्षीय सीताराम सर्राफलाई कुटेर हत्या गरेको आरोपमा उनका ज्वाईं वीरगञ्ज १० प्रगतीटोलमा डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई प्रहरीले पक्राउ गरेको हो।

अभियुक्त साजन सर्राफले आफुसंग झैं – झगडा गरेको भन्दै ससुरा सीताराम सर्राफलाई कुटपिट गरेर घाइते बनाएकोमा नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए।

ससुरा सीताराम सर्राफको उपचारका क्रममा मृत्यु भए पछि उनको हत्या गरेको आरोपमा ज्वाईं साजन सर्राफलाई पक्राउ गरी आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार