पोखरा, २८ साउन २०८१।
पूर्व-पश्चिम राजमार्गको मुग्लिन-नारायणगढ खण्डको गाईघाटमा दुई वटा बस ठोक्किएका छन्। पोखराबाट बीरगंज जाँदै गरेको ग२ख १६२१ र विपरीत दिशातिरबाट आउंदै गरेको लू२ख ६७६२ नम्बरको बस गाईघाटमा एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।
पोखराबाट गएको बस नालीमा खसेको छ भने अर्को बस बीच सडकमा नै रोकिएको छ। दुर्घटना के कसरी भएको हो भन्ने बारेमा उक्त दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी नै रहेको छ।
https://www.facebook.com/reel/861789408763602