बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवान बिकको मृत्यु

बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवान बिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ साउन २०८१
  • 6.7K
    Shares

प्रहरी जवान महेन्द्र बिक

पोखरा, २८ साउन २०८१।

बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भै हाल प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विक रहेका छन् ।

शनिवार बैजनाथ गाउँपालिका–५ जि गाँउ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले वाग्मती प्रदेश ०३००५ प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बिक घाइते भएका थिए ।

घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार