पोखरामा सहचालकले चलाएको बसले ठक्कर दिंदा युवाको मृत्यु : पहिचान हुन बाँकी

पोखरामा सहचालकले चलाएको बसले ठक्कर दिंदा युवाको मृत्यु : पहिचान हुन बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ साउन २०८१
  • 4.8K
    Shares

पोखरा, २७ साउन २०८१।

पोखरामा सहचालकले चलाएको बसले ठक्कर दिंदा एक युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा आज दिउँसो करिब १२ः१५ बजे भे१ख ४००९ नम्बरको यात्रु बसले ठक्कर दिंदा युवाको मृत्यु भएको हो।

पोखराको पृथ्वीचोकतर्फ आउँदै गरेको उक्त बसको ठक्करबाट मृत्यु भएका युवाको पहिचान भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्त शर्माले जानकारी दिए।

बसको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो र सोही असपतालमा उपचारकै क्रममा दिउँसो १२ः५८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापश्चात चालक सूर्य पौडेल र सहचालक नवीन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार