पोखरा, २७ साउन २०८१।
सिंचाइका लागि ल्याइएको नहरकुलोमा डुबेर पोखरामा आठ वर्षीय बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा न ५ मालेपाटनको झौरी खेतस्थित नहरकुलोमा पौडी खेल्ने क्रममा शनिबार आठ वर्षीय बालकको मृत्युभएको हो।
पौडी खेल्ने क्रममा शनिबार दिउसो करीब सवा एक बजेको समयमा नहरकुलोमा डुबेका स्थानीय बासिन्दा आठ बर्षका अमित पैजुलाई तत्काल स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि पोखराको मेट्रोसिटि अस्पताल पुर्याइएकोमा उपचारको क्रममा करीब दुई बजे मृत्यु भएको समाह्चार स्रोतहरुले जानकारी दिएका छन्।