पोखरा, २५ साउन २०८१।
धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौं फर्किएको छ ।
बिहीबार साँझ ५ः३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौं फर्किएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठूलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो ।
मौसम खराब हुँदा जहाज धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले जनकारी दिए ।
काठमाडौंबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फर्किएको हो ।