एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटनाग्रस्त : पांच जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटनाग्रस्त : पांच जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ साउन २०८१
  • 4.9K
    Shares

पोखरा, २३ साउन २०८१।

रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी ७ सूर्यचौर क्षेत्रस्थित शिवपुरी डाँडामा दुर्घटनामा परेको पुष्टि भएको हो ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाकाले जानकारी दिए । उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

एसपी कोइरालाका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

यसअघि सन् २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । ९एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार