पोखरा, २३ साउन २०८१।
नवलपुरको कावासोतीमा गएराती चोरी भएको छ। कावासोती १६ तिनघरस्थित हुमलाल विकको घरमा गएराती कोही नभएको मौका छोपेर चोरी भएको हो।
उनको घरबाट एक लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्रीलगायतका गरी पाँच तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी आठ लाख बढीको नगद र गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।
कावासोती १ हात्तीखोरमा आफ्नो दाजुको मृत्युको खबर पाएर त्यता गएको मौका छोपेर अपरिचित व्यक्तिहरुले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए।