कास्कीको घाचोकमा मृत भेटियो, चितुवा

कास्कीको घाचोकमा मृत भेटियो, चितुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ साउन २०८१
  • 3.5K
    Shares

कास्कीको घाचोकमा मृत भेटिएको चितुवा

पोखरा, २३ साउन २०८१।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार चितुवा मृत भेटिएको छ ।

माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखि पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए ।

घाँटीमा चोट लागेको देखिएको उक्त चितुवा पासोमा परेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको रेञ्जर गौतमले बताए।

अन्नपू्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा. सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गरेपछि मुचुल्का बनाएर गाडिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार