गएराती दाङमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

गएराती दाङमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० साउन २०८१
  • 5.9K
    Shares

दाङमा दुर्घटनाग्रस्त मोटरसाइकल र मृतक कुलबहादुर बस्नेत

पोखरा, २० साउन २०८१।

गएराती दाङमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० को फन पार्क नजिक लु २ प ५०८५ नम्बरको ट्रिपरले बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई शनिबार राती ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ९ मछाही बस्ने कुल बहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ। ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा टाउकोमा गम्भिर चोट लागेका बस्नेतलाई तत्काल उपचारार्थ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यैएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार