काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो सिस्नेरीमा पल्टियो, १० जना घाइते

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो सिस्नेरीमा पल्टियो, १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ साउन २०८१
  • 2.7K
    Shares

मकवानपुरको सिस्नेरीमा सुमो दुर्घटना

पोखरा, १९ साउन २०८१।

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन्।

काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आज बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।

दुर्घटनामा चालकसहित १० जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ।

सुमो आफैँ अनियन्त्रित भई सडकको नाला साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार