झापामा गएराती पिकअपले मोटरसाइकललाई ठक्कर दियो : दुई जनाको मृत्यु

झापामा गएराती पिकअपले मोटरसाइकललाई ठक्कर दियो : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ साउन २०८१
  • 3.1K
    Shares

झापामा दुर्घटनाग्रस्त मोटरसाइकल

पोखरा, १८ साउन २०८१।

झापामा गएराती पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति ७ः१५ बजे हल्दिबारी गाउँपालिका– सोडागान्धि चोकस्थित हुलाकी मार्गमा मे १ ज ३२६१ नं. को पिकअप गाडीले मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।

उक्त दुर्घटनापश्चात घाइते अवस्थामा उद्धार गरेर उपचारार्थ बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। तर मृतक दुबैको हालसम्म पहिचान नखुलेको पनि प्रहरीले बताएको छ।

पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका–२ का ३७ को दिपेन राइलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार