पोखरा, १८ साउन २०८१।
नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङलाई गण्डकी प्रदेश इन्चार्ज बनाएको छ भने पार्टी केन्द्रीय सदस्य कृष्ण थापालाई कास्की जिल्ला इन्चार्ज तोकेको छ ।
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय वैठकले गुरुङलाई प्रदेश इन्चार्ज र थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि पार्टी सचिव गोकर्ण विष्ट प्रदेश इन्चार्ज थिए भने पोलिटब्युरो सदस्य थममाया थापा कास्की जिल्ला इन्चार्ज थिइन् ।
पार्टीले संसदीय जिम्मेवारीमा रहेका नेताहरुलाई भूगोलको जिम्मेवारी नदिने कार्यविधिसँगै उनीहरुले जिम्मेवारी पाएको प्राप्त समाचारमा जनाइएको छ।
पार्टी स्थायी कमिटि सदस्य एबम एमाले गण्डकी प्रदेश सभा संसदिय दलका नेता खगराज अधिकारीलाई सहकारी तथा गरिबी निवारण विभागको प्रमुख र पार्टीका पोलिटब्युरो सदस्य कास्कीका जगत बिश्वकर्माले खानेपानी तथा सरसफाई विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।
पार्टीका केन्द्रीय सदस्यहरु मध्येबाट चुडामणि जंगलीले कास्की क्षेत्र नम्बर १, मन्जुदेवी गुरुङ कास्की क्षेत्र नम्बर २ र राजिब पहारी कास्की क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी पाएका छन्। पहारीलाई पार्टीको क्षेत्रीय इन्चार्जको साथमा युवा संघको इन्चार्जको जिम्मेवारी पनि पाएका छन्।
बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा.राजन भट्टराई, लुम्बिनी प्रेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी सचिव पद्मा अर्याल यसअघि पनि लुम्बिनीकै इन्चार्ज थिइन् । यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरु बराल र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज थिए । बैठकले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
कार्यविभाजन हेर्न तलको लिंक क्लिक गर्नुहोस
uml karya bibhajan