रहेनन् नेपाल–भारत क्षेत्रमा प्रख्यात शास्त्रीय संगीतका गुरु गुरुदेव कामत

रहेनन् नेपाल–भारत क्षेत्रमा प्रख्यात शास्त्रीय संगीतका गुरु गुरुदेव कामत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ साउन २०८१
  • 4K
    Shares

पोखरा, १७ साउन २०८१।

नेपाल–भारत क्षेत्रमा शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन भएको छ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामतको ६९ वर्षको उमेरमा आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२, पोखरभिण्डामा निधन भएको हो।

४० वर्षदेखि काठमाडौँमा बसेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गरिरहेका कामत उपचारका लागि आर्थिक संकट भएपछि एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए।

शास्त्रीय संगीतका गुरु कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो।

दिवङ्गत कामतको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँमै गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

साहित्यकार पौडेलले जानकारी दिनुभयो । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात हुनहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार