काठमाडौंको पोडेटोलमा छिमेकी-छिमेकीबीच झडप : एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौंको पोडेटोलमा छिमेकी-छिमेकीबीच झडप : एक जनाको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 5.2K
    Shares

पोखरा,१६ साउन २०८१।

काठमाडौंको पोडेटोलमा छिमेकी-छिमेकीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी-छिमेकीबीच भएको बिबादमा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षका अनित पुनारीको मृत्यु भएको हो ।

उक्त झडपमा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सुजल देउला, अमृत पुजारी, सागर देउला, रबिन्द्र पोडे, कलेनी पुजारी, टिकामाया पुजारी र सञ्जाली पुजारी प्रहरी बृत्त लैनचौरको नियन्त्रणमा छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार