झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा कर्मचारी मृत भेटिए

झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा कर्मचारी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 4.6K
    Shares

पोखरा,१६ साउन २०८१।

झापा भद्रपुर नगरपालिकास्थित प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा बुधबार बिहान ८ः५० बजे झुन्डिएको अवस्थामा मृत भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिसी टिभी फुटेज हेर्दा शर्मा हिजो राति करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ ।

आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार