पोखरा,१६ साउन २०८१।
नेपाल मगर पत्रकार संघ कास्कीले नयाँ कार्य समिति चयन गरेको छ भने को मौलिक कौराहा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नवलपुरकी पत्रकार शारदा झेडीमगरलाई सम्मानित गरेको छ।
मंगलबार पोखरामा सम्पन्न नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनले सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर रहेका छन् भने समितिका ससस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएको नेपाल मघरा पत्रकार संघ कास्कीले जानकारी दिएको छ । संघको आगामी बैठकले दुई जना सदस्य मनोनित गर्ने प्राप्त समाचारमा जनाइएको छ ।