कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ साउन २०८१
  • 6.3K
    Shares

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी

पोखरा,११ साउन २०८१।

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिए ।

मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार