युट्युबर कुशल पोखरेल फेरि पक्राउ परे : बालिकाहरुलाई बेश्याबृत्तिमा लगाएको आरोप

युट्युबर कुशल पोखरेल फेरि पक्राउ परे : बालिकाहरुलाई बेश्याबृत्तिमा लगाएको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ साउन २०८१
  • 4.1K
    Shares

युट्युबर कुशल पोखरेल

पोखरा,९ साउन २०८१।

नाबालिकाहरुलाई मानव बेचविखन गरेको आरोपमा युट्युबर कुशल पोखरेल पक्राउ परेका छन् ।

काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. १ घर भइ काठमाडौंस्थित बत्तिसपुतली बस्ने पोखरेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको हो ।

पाखरेल स्वयमले पडितिहरुलाई पटकपटक यौन शोषण गर्नुका साथै गेष्टहाउसमा आएका व्यक्तिहरुसँग प्रतिव्यक्ति एक हजारदेखि पाँच हजारसम्म लिइ बालिकाहरुलाई शारिरीक सम्पर्क राख्न लगाइ वेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्टहाउसमा आर्थिक अवस्था नाजुक भएका बालिकाहरुलाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने भनि प्रलोभन देखाइ आएका ग्राहकहरुसँग बसेर खान लगाइ धेरै बिल उठउने काममा लगाएको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार