पोखरा, ४ साउन २०८१।
बागलुङमा सडकबाट पल्टिएको पिक अप जिप व्यक्तिको आँगनमा पुगेको छ। बागलुङ बजारबाट गलकोटतर्फ जाँदै गरेको लु२च ६६५६ नम्बरको पिक अप जिप बागलुङ नगरपालिका – ३ खहरेमा पुग्दा सडकबाट खसेर स्थानियको आगनमा पुगेको हो।
चालकसहित तीन जना यात्री रहेकोमा दुई जना सामन्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।