धरानका मेयर हर्कका सात समर्थकबिरुद्ध अभद्र ब्यबहार मुद्दा दर्ता : अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिटको आरोप

धरानका मेयर हर्कका सात समर्थकबिरुद्ध अभद्र ब्यबहार मुद्दा दर्ता : अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिटको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०८१
  • 6K
    Shares

प्रहरीले पक्राउ गरेका मेयर हर्क साम्पाङ्ग राइ समर्थक

पोखरा, ४ साउन २०८१।

धरान उप्महानागरपालिकाका मेयर हर्क साम्पाङ्ग राई समर्थक सात जनाविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यहवार कसुरमा मुद्दा चलाएको छ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा मेयर हर्क साम्पाङ्ग राई समर्थक सिर्जना बेघा, पूर्ण बान्तवा, चन्द्रकला थेवे, मुना राई, प्रमिला राई, शर्मिला राई र फुलमाया मगरबिरुद्ध अभद्र व्यहवार कसुरमा मुद्दा चलाएको हो ।

उनीहरुविरुद्ध प्रहरीले सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोप लगाएको छ।

बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।

बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोशिश गरेका थिए ।

बीपी प्रतिष्ठानमा धमलामाथि हातमा उत्रिनेमध्ये सिर्जना पनि एक थिइन् । उनी बिहीबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जबर्जस्ती प्रवेश गर्न खोज्नेमध्ये एक थिइन् । त्यसैगरी धरानको भानुचोकमा आधाघण्टा चक्काजाम गर्न पनि उनी उत्रिएकी थिइन् ।

बिहीबार पक्राउ गरिएका बान्तावा सिटी सफारी चालक थिए। उनी पनि मेयर साम्पाङका समर्थकमध्ये एक हुन् ।

बान्तावाले बुधबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जर्बजस्ती भित्र पस्न खोजेका थिए । उनले प्रहरीको गेटबाट जबर्जस्ती भित्र पस्न खोजेको सीसीटीभी फुटेज बाहिरिएकोछ । प्रहरी कार्यालयमा जबर्जस्ती गर्न खोज्ने सत्य घले पनि खोजी सूचीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार