तनहुँ ३ साउन २०८१।
चितुवाको आक्रमणबाट बिहीबार साँझ तनहुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अच्छामीको ११ वर्षीय छोरा सुन्दर अच्छामीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ सवा ८ बजेको गाइगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । घाइते बालकको उपचारको क्रममा बन्दिपुर हस्पिटलमा निधन भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
चितुवाले बालकलाई आक्रमण गरेपछि उक्त स्थानका बासिन्दाहरु त्रासित भएको बताइएको छ ।