पहिरोले पृथ्वीराजमार्गको मुग्लिङ-नारायणगढ खण्ड अवरुद्ध

पहिरोले पृथ्वीराजमार्गको मुग्लिङ-नारायणगढ खण्ड अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ असार २०८१
  • 5.7K
    Shares

पोखरा, २७ असार २०८१/

पृथ्वीराजमार्गको मुग्लिङ-नारायणगढ खण्ड अन्तरगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ५ बजेको समयमा ढुङ्गा, लेदोसहितको पहिरो खसेपछि राजमार्गको दुईतर्फि आवतजावत अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

अहिले सडक विभागसँग समन्वय गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बाटो निर्माणको काम चलिरहेका कारण पृथ्वी राजमार्गमा बढी पहिरो खस्ने गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार, रातीदेखि अबिरल बर्षा परिरहेपनि पृथ्वी राजमार्गको प्खारा-मुग्लिङ खण्ड कुनै अबरुद्ध छैन्। निर्बाध रुपमा सवारीसाधान गुडिरहेका छन् तर सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार