पोखरा, २४ असार २०८१/
पोखरामा चितुवाले चिथोर्दा एक जना प्रहरी जवान घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन निवासी श्याम बास्तोलाको बारीमा आएको चितुवा धपाउने क्रमामा उक्त चितुवाले चिथोर्दा प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी घाइते भएका हुन्।
प्रहरीका अनुसार, बास्तोलाको बारीमा देखिएको उक्त चितुवा धपाउन प्रहरी चौकी छोरेपाटनबाट खटिएको टोलीमा प्रहरी जवान तिवारी पनि सहभागी थिए।
सोही क्रममा प्रहरी जवान तिवारीलाई उक्त चितुवाले कम्मरमा चिथोरेर घाइते बनाएको थियो । अद्यापि उपचारपछि उनको अवस्था सामान्य रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन्।